एमाले नेता बाँस्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला

मंसिर १८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित नेता बाँस्कोटाको घर बाहिर शंकास्पद पोको फेला परेपछि सेनाको टोली आएर त्यसबारे अनुसन्धान भइरहेको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

बाँस्कोटा मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । 

कान्तिपुर

Link copied successfully