सुकुम्बासी बस्तीमा तनाव : महानगर प्रहरी प्रमुख पाण्डेसहित १४ जना घाइते

मंसिर १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि अवरोधको अवस्था सिर्जना भएको हो ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

नर्भिक अस्पतालका सुरक्षा अधिकृत रामकृष्ण बलामीका अनुसार १९ जना घाइतेलाई अहिले उपचारका लागि ल्याइएको छ । 

कान्तिपुर

Link copied successfully