कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकर्तालाई ओलीको निर्देशन- 'समानुपातिक मत अन्यत्र जोडिन सक्छ चनाखो रहनू'

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतगणनामा पनि चनाखो रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यकर्तालाई ओलीको निर्देशन- 'समानुपातिक मत अन्यत्र जोडिन सक्छ चनाखो रहनू'

अध्यक्ष ओलीले शनिबार साँझ सामाजिक सन्जालमार्फत् समानुपातिकको मतगणनामा पनि चनाखो बन्न र त्यस्तो परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेजमा पठाउन निर्देशन गरेका छन् ।

'समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ,' ओलीले लेखेका छन्,'जिल्ला-जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।'

अहिलेसम्मको मतपरिणाम अनुसार एमालेले समानुपातिकतर्फ २१ लाख ५४ हजारभन्दा बढी मत ल्याइसकेको छ । यससँगै एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ । एमालेले समानुपातिकतर्फ कांग्रेसलाई ८० हजारभन्दा धेरै मतान्तरले उछिनेको छ । प्रत्यक्षतर्फ भने एमालेको ३९ सिटमा जित घोषणा भइसकेको छ । जारी मतगणनाको क्रममा तीन स्थानमा एमाले अग्रस्थान छ ।

प्रकाशित : मंसिर १०, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?