८ दिनभित्रमा मतगणना सम्पन्‍न गर्छौं : प्रमुख आयुक्त थपिलया

मंसिर ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्रमा मतगणना सम्पन्न गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि साँझ आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले ८ दिनभित्रमा निर्वाचनको नतिजा सार्वजिन गरिसक्ने बताएका हुन् । 

यस्तै उनले चार प्रकारको मतपत्रको गणना पनि एकैपटक हुने बताए । उनले भने, '८ दिनभित्र हामी मत परिणाम सार्वजनिक गर्छौं । चारै प्रकारको मतपत्रको गणना एकैपटक गर्छौं । '

आयोगको प्रारम्भिक अनुमान अनुसार देशभरबाट करिब ६१ प्रतिशत मात्रै मतदान भएको छ ।

कान्तिपुर

Link copied successfully