डोटीको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत- समाचार - कान्तिपुर समाचार

डोटीको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत

मोहन शाही

डोटी — डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे हो । घाइते ५ जनाकाे उपचारका लागि अस्पताल लगिएको डीएसपी भोला भट्ट भट्टले बताए ।

प्रकाशित : कार्तिक २३, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

प्यूठानमा जिप दुर्घटना : ३ जनाको मृत्यू, १२ घाइते

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए ।

दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए ।

दुर्घटनामा१२ जना घाइते भएका छन् । घाइते हुनेहरूमा प्यूठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री, २५ वर्षीया श्रीमायामहरा, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन् । जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी मुत्यु हुने सबै पातलकटेरी र घाइते सबै पूर्णगाउँका हुन् ।


प्रकाशित : कार्तिक २३, २०७९ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×