आमनिर्वाचन २०७९

२ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ ।

२ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभातर्फका लागि १ करोड १८ लाख ९८ हजार र प्रदेशसभातर्फका लागि १ करोड १७ लाख ८२ हजार ५०० गरी जम्मा २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको हो ।

आयोगका अनुसार कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा मतपत्र ढुवानी गरिनेछ ।

साथै ती जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।

आयोगले कात्तिक ११ गते नै सुदूरपश्चि, कर्णाली र प्रदेश नं १ का जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानीको काम सुरु गरिसकेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरु हुन एक महिनाभन्दा कम अवधि रहेकाले आवश्यक बाँकी काम तीव्र रुपमा गर्ने आयोगको भनाइ छ ।

प्रकाशित : कार्तिक १२, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?