कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आमनिर्वाचन २०७९

६ हजार २ जनामध्ये ५३२ महिला उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा ५ हजार ४६९ जना पुरुषको उम्मेदवारी परेको छ । जम्मा ५३२ जना महिला उम्मेदवार । लैंगिक अल्पसंख्यक समुदायबाट जम्मा एक जना उम्मेदवार ।
कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जम्मा ६ हजार २ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । सोमबार साँझसम्म निर्वाचन आयोगले अध्यावधिक गरेको विवरण अनुसार दुवैतर्फ पुरुषको तुलनामा महिलाको उम्मेदवारी न्यून छ ।

६ हजार २ जनामध्ये ५३२ महिला उम्मेदवार

दुवैतर्फ जम्मा ५ हजार ४६९ जना पुरुषको उम्मेदवारी परेको छ । यस्तै प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ जम्मा ५३२ जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।

लैंगिक अल्पसंख्यक समुदायबाट एक जनाको मात्रै उम्मेदवारी परेको बताइएको छ । उक्त समुदायबाट सर्लाहीको निर्वाचन क्षेत्र नं २ मा एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ५२६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये २ हजार २९१ जना पुरुष र २३५ जना महिलाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभातर्फ जम्मा ३ हजार ४७६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ हजार १७८ जना पुरुष र २९७ जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

प्रकाशित : आश्विन २४, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?