प्रदेश मन्त्रीद्वारा सत्ता गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता

आश्विन २३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसुन्धरा हुमागाईंले सत्तारुढ गठबन्धनका विरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट अनुसार काभ्रे प्रतिनिधिसभा–२ को ‘ख’ नेपाली कांग्रेसको भागमा परेको थियो । कांग्रेसको तर्फबाट उक्त निर्वाचन क्षेत्रमा कांग्रेस वाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे उम्मेदवार बनेका छन् ।

मन्त्रीसमेत रहेका हुमागाईंले गठबन्धन दलहरूको सहमति विपरीत उम्मेदवारी दिएका हुन् । नेकपा (एकीकृत समाजावादी)बाट उम्मेदवार बनेका हुमागाईंले भने आफू सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । उनी नेकपा (एस) वाग्मती प्रदेशसभाका सचेतक समेत हुन् । अघिल्लो निर्वाचनमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

कान्तिपुर

Link copied successfully