कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एमालेको समर्थनमा कमल थापा मकवानपुर-१ मा चुनाव लड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको सहयोगमा मकवानपुर १ बाट चुनाव लड्ने भएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले थापालाई उम्मेदवार बन्ने विषयमा एमालेसँग सहमति भएको बताए ।

एमालेको समर्थनमा कमल थापा मकवानपुर-१ मा चुनाव लड्ने

'नेकपा एमालेको सहयोगमा मकवानपुर-१ बाट अध्यक्ष कमल थापा उम्मेदवार बन्ने निश्चित भएको छ,' बर्तौलाले भने, 'चुनाव चिह्न के लिएर लड्ने भन्ने विषयमा जिल्लाका अगुवा कार्यकर्ताहरुसँग छलफल भइरहेको छ ।'

बर्तौलाले एमालेले सूर्य चिह्न लिएर प्रतिस्पर्धामा जान आग्रह गरेको बताएका छन् । 'केही घण्टाभित्र हामी यस विषयमा निर्णय गर्ने छौं,' उनले भने ।

शुक्रबार बेलुकी एमालेले जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर शनिबार त्यो निर्णय परिवर्तन भएको छ । २०५१ मध्यावधीमा सो निर्वाचन क्षेत्रबाट थापा राप्रपाबाट विजयी भएका थिए ।

प्रकाशित : आश्विन २२, २०७९ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?