१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यी हुन् जसपाको टुंगो लागेका उम्मेदवार [सूची]

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)ले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरु टुंगो लगाएको छ । तराईका १४ जिल्लामा एमालेसँग तालमेल गर्ने सहमतिपश्चात् जसपाले शनिबार साँझ उम्मेदवारहरुको टुंगो लगाएको हो ।   

यी हुन् जसपाको टुंगो लागेका उम्मेदवार [सूची]

प्रवक्ता मनिष सुमनका अनुसार संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । त्यस्तै पूर्वमन्त्री रेणु यादवलाई भने मधेस प्रदेश सभाको उम्मेदवारको टिकट दिइएको छ । उनी सिरहा निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट प्रदेश सभा उम्मेदवार हुनेछन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु गद्दी राउत पनि प्रदेशमै दोहोरिएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने टुंगो लागि नसकेको सुमनले जानकारी दिए ।

यी हुन् जसपाका टुंगो लागेका उम्मेदवार

सुनसरी-१ : अशोक राई

सप्तरी-३ (ख) - विदेश्वर यादव

सिरहा-१ (ख) - राजकुमार गुप्ता

सिरहा-२ - राजकिशोर यादव

सिरहा-२ (ख) - विजय यादव

सिरहा-३ (ख) - रेणु यादव

सिरहा ४ - डा. विरेन्द्र महतो

सिरहा-४ (ख) - सुरेश मण्डल

घनुषा-१ - दिपक काकिॅ

घनुषा-१ (क) - सुकेश्वर यादव

घनुषा-२ - गंगाराम यादव

घनुषा-२ (क) - शैलेन्द्र यादव

घनुषा-२ (ख) - राम अशिष यादव

घनुषा-३ (क) - जितेन्द्र यादव

घनुषा-४ (क) - ज्ञानेन्द्र यादव

महोत्तरी-१ (ख) - राम श्रेष्ठ महतो

महोत्तरी-२ (क) - घमेन्द्र साह

महोत्तरी-३ : हरिनारायण यादव

महोत्तरी-३ (क) - दिपेन्द्र झा

महोत्तरी-४ : सुरेन्द्र यादव

महोत्तरी-४ (ख) - सरोज कुमार सिंह

सर्लाही-१ : प्रमोद साह

सर्लाही-२ (ख) - अशोक यादव

सर्लाही-३ (ख) - संजय यादव

सर्लाही-४ - राकेश मिश्रा

सर्लाही-४ (ख) - उदय कान्त मिश्र

रौतहट-१ (ख) - योगेन्द्र यादव

सलॉही-३ (क) - रामाश्रय चौघरी

सर्लाही-४ (ख) - शेष अबुल कलाम

बारा-१ (ख) - सरोज कुमार यादव

बारा-२ : राम सहाय प्रसाद यादव

बारा-२ (ख) - बच्चा राउत अहिर

बारा-३ - रामबाबू कुमार यादव

बारा-३ (क) - भरत खडगा

बारा-३ (ख) - पारस प्रसाद साह

बारा-४ (ख)- आत्मा राम साह

पर्सा-१ : प्रदीप यादव

पर्सा-१ (ख) लाल बाबू राउत

पर्सा-२ : सुरेन्द्र कुमिॅ

पर्सा-२ : (क) - राम नरेश यादव

पर्सा-३ : (ख) - डा. मघु गुप्ता

पर्सा-४ : (ख) - सिंहासन साह कलवार

बाँके-२ : मो. ईस्तियाक राई

प्रकाशित : आश्विन २२, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?