माओवादी अध्यक्ष दाहाल गोरखा-२ बाट चुनाव लड्ने

आश्विन २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने निर्णय भएको हो । 

'पदाधिकारीको बैठकले अध्यक्ष गोरखाबाट उम्मेदवार बन्ने निर्णय गरेको छ । उहाँ अब गोरखा २ बाट उम्मेदवार बन्नुहुन्छ,' गजुरेलले भने । 

दाहाल २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए । 

त्यस्तै २०६४ सालको पहिलो संविधानसभा चुनावमा दाहाल काठमाडौं क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । तर ७० सालको दोस्रो संविधानसभा चुनावमा दाहाल सिरहा ५ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । उनी काठमाडौं १० मा पराजित भएका थिए ।       

कान्तिपुर

Link copied successfully