तालमेलको विषयमा एमाले र राप्रपाबीच शनिबार निर्णायक छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको विषयमा शनिबार निर्णय बैठक हुने भएको छ । एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने विषयमा सहमति भए पनि संख्याको विषयमा टुंगिएको छैन ।

तालमेलको विषयमा एमाले र राप्रपाबीच शनिबार निर्णायक छलफल

शुक्रबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकोटमा वार्ता भएको थियो ।

'प्रदेश तथा संघको कुन-कुन स्थानमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने विषयमा शुक्रबार छलफल भएको छ,' राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, 'सबै स्थानमा टुंगो लागेको छैन । यस विषयमा शनिबार पनि वार्ता हुने छ ।'

शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजेन्द्र गुरुङको सहभागिता थियो ।

प्रकाशित : आश्विन २१, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?