काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग कोइरालाले छलफल गरेका हुन् ।
बुधबार दिउँसोमात्रै कोइराला समूहले सानेपास्थित केन्द्रीय मुख्यालयमा एक घण्टासम्म मौन धर्ना दिएका थिए । धर्ना सकेलगत्तै नेता कोइरालाले धर्नामा रहेका नेता कार्यकर्तालाई बोलाएर बत्तीसपुतलीस्थित एक होटलमा छलफल गरिरहेका छन् ।
छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने छैनन् । नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायत नेताहरूसँग छलफल गरिरहेका छन् ।
पार्टीमा उम्मेदवार चयन र गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहँदा नेता कोइराला भने विराटनगर गएर बसेका थिए । कोइराला विराटनगर बसे पनि काठमाडौंमा दोस्रो तहका नेताहरूले आन्दोलन चर्काएका थिए ।
