एमालेसँग सहकार्यबारे छलफल गर्न लोसपाले बनायो कार्यदल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेसँग सहकार्यबारे छलफल गर्न लोसपाले बनायो कार्यदल

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीले एमालेसहित विचार मिल्ने अन्य पार्टीहरूसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । कार्यदल गठन गर्दै अध्यक्ष ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिएका छन् ।

लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन लामो समयसँग गृहकार्य गरेको थियो । तर गठबन्धन दलभित्र विवाद भएपछि लोसपा सत्ता गठबन्धनमा सामेल हुन पाएन । तर नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने लोसपालाई गठबन्धनमा सामेल गर्ने प्रयास छोडेका छैनन् ।

प्रकाशित : आश्विन ७, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिविरुद्ध पश्चिम नवलपरासीमा आन्दोलन

नवीन पौडेल

परासी — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विरोध प्रदशर्न भएको छ । वर्षौंदेखि नागरिकता विहीनहरूको पीडामा राष्ट्रपति गम्भीर नभएको भन्दै यहाँस्थित युवा संघर्ष समितिले विरोध जनाएको हो ।

सदरमुकाम परासीको बुद्धचोकमा युवाहरुले शुक्रबार टायर बालेर नारावाजी गरेका थिए । युवा संर्घष समिति नवलपरासीका संयोजक रघुविर शर्माले राष्ट्रपतिको कदम नसच्याएसम्म आफूहरूले आन्दोलन जारी राख्ने चेतावनी दिए ।

यस्तै जिल्लामा जनता समाजवादी पार्टीले पनि राष्ट्रपतिले संविधान विपरीत विधेयक प्रमाणीत नगरेको भन्दै वरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित : आश्विन ७, २०७९ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×