२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

तमलोपाले माग्यो राष्ट्रपतिको राजीनामा

काठमाडौँ — तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान घोर उल्लंघन गरेको भन्दै तमलोपाले राष्ट्रपति भण्डारीको राजीनामा मागेका हुन् । 

तमलोपाले माग्यो राष्ट्रपतिको राजीनामा

तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं ।'

संवैधानिक राष्ट्रपतिले राजतन्त्रमा जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गरेको पनि तमलोपाले जनाएको छ । त्यस्तै तमलोपाले राष्ट्रपतिको कदमलाई आफ्नै देशका जनताविरुद्ध विभेदकारी मानसिकताले गरिएको षड्यन्त्र भएको संज्ञा दिएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?