२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५
संविधान दिवस

करिब हजार जनालाई मानपदवी, अलंकार र पदक घोषणा

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई 'नेपाल रत्न'

काठमाडौँ — सरकारले संविधान दिवसको अवसर पारेर करिब १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ । यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको हो ।

करिब हजार जनालाई मानपदवी, अलंकार र पदक घोषणा

नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने 'आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।

यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुने भएका छन् ।

आज गृह मन्त्रालयले सार्वजनिक गरेको विभूषित हुने अन्यको सूची यस्तो छ ।

घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ । राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ । विभूषण सिफारिस भएकामा सत्ता, शक्ति र शक्तिकेन्द्रसँग निकट व्यक्ति तथा संघसंस्थाहरु हाबी रहेको स्रोत बताउँछ ।

गत वर्ष ९ सय ३ जनालाई विभूषण दिइएको थियो । गत वर्ष ७ सय ५५ जनाले मानपदवी, १ सय ११ ले अलंकार र ३७ जनाले पदक पाएका थिए । २०७७ असोज ३ मा ५ सय ३, २०७६ को संविधान दिवसमा ६ सय ३४ र २०७५ मा ५ सय १८ जनालार्य विभूषण घोषणा गरिएको थियो ।

प्रकाशित : आश्विन ३, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?