दोलखाबाट हराएका सम्पदा बेलायत र अमेरिकामा

काठमाडौँ — दोलखाका दुई निजी संग्रहकर्तासँग रहेका सोह्रौं शताब्दीको सृजना मानिने दुई पुरातात्विक सम्पदा बेलायत र अमेरिकामा फेला परेका छन् ।

दोलखाबाट हराएका सम्पदा बेलायत र अमेरिकामा

हराएका वा चोरिएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तीमा अभियान बनेको ‘लस्ट आर्ट्स अफ नेपाल’ अनुसार, दोलखाको कोरछेंस्थित श्रेष्ठ परिवारसँग रहेको तामाको सुनौलो ‘बज्रधारा’ अन्तर्राष्ट्रिय आर्ट डिलर रोस्सी एन्ड रोस्सीसँग रहेको पाइएको छ । यो डिलरले लन्डन(बेलायत) र हङकङमा दुई स्थानमा कला संग्रह गर्ने गरेकोमा ‘बज्रधारा’ भने सम्भवत लन्डनमा राखिएको प्रारम्भिक प्रमाण लस्ट आर्ट्स अफ नेपालले पाएको छ । यो सम्पदा ९० को दशकमा चोरी भएको सम्पदाको ओरिजिनल स्वरुपमा केही संसोधन गर्दै रोस्सी एन्ड रोस्सी डिलरले ‘बज्रधारा’ को शिरताज (क्राउन) फेरेको देखिन्छ भने अरु रंगरोगन थपिएको देखिन्छ ।

यस्तै, दोलखाकै नकछेंस्थित प्रधान परिवारको गुठीमा रहेको सुनौलो भैरव मास्क(मुकुन्डो) अमेरिकाको न्यूयोर्कस्थित रुबिन म्युजियम फ आर्टमा फेला परेको छ । सन् १९९० को आरम्भमै भैरव मास्क हराएकोबारे सूचना बाहिर आएपनि यसको अवस्थितिबारे कुनै जानकारी थिएन । भैरव मास्क चोरिएकै प्रधान परिवारको गुठीबाट अरु सम्पदा पनि विगतमा चोरी भएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?