कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अध्ययनबाहेक अन्य प्रलोभनमा परेर रुस नआउनू : नेपाली दूतावास

काठमाडौँ — रुसको मस्कोस्थित नेपाली दूतावासले अध्ययनबाहेक अन्य कुनै प्रलोभनमा रुसी महासंघमा नजान नेपाली विद्यार्थीलाई अनुरोध गरेको छ । भाषिक ज्ञान र यहाँको वस्तुस्थिति नबुझी प्रलोभनमा परेर आएको विद्यार्थीहरुले अनेक समस्या झेल्नुपरेको दूतावासले सूचना जारी गरी उल्लेख गरेको छ । 

अध्ययनबाहेक अन्य प्रलोभनमा परेर रुस नआउनू : नेपाली दूतावास

'रूसी महासंघका राम्रा विश्वविद्यालयहरुमा छात्रवृत्तिमा एवं नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई यहाँ यथेष्ट अवसर रहेका छन् । तर, भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझि विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरु अनेकन समस्यामा पर्ने गर्नुभएको छ,' दूतावासले जारी गरेको सूचनामा छ,' अत: विद्यार्थी भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन-प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक अपिल गर्दछौँ।'

रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको दूतावासले उल्लेख गरेको छ । 'नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत विद्यार्थी भिसामा रसिया आउने नेपालीहरूले 'रसियामा आकर्षक रोजगारीको अवसर' रहेको, ' रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना' रहेको लगायतका विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया आएको तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेकोले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै यस राजदूतावासमा सम्पर्क गर्ने गरेका छन् ' दूतावासको सूचनामा छ,'तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारबाट समेत अनुरोध भई आएको छ।'

दूतावासले यससम्बन्धि थप जानकारीका लागि दूतावासका द्वितीय सचिव सुशील घिमिरे र सहचारी राजकुमार बस्तेनलाई फोकल पर्सन तोकेको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×