राष्ट्रिय सभाका लागि कांग्रेस संसदीय दलको नेतामा रायमाझी

भाद्र १३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार रायमाझीलाई संसदीय दलको नेताका रुपमा मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित‚ २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्य रायमाझीलाई संसदीय दलको नेतामा मनोनयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि राष्ट्रिय सभाका लागि कांग्रेस संसदीय दलको नेतामा राधेश्याम अधिकारी थिए ।

कान्तिपुर

Link copied successfully