३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौँ — नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो ।

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमाले निर्णय

'नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गरेको छ,' केन्द्रीय सदस्य नीरज आचार्यले भने ।

शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ । त्यसैगरी बैठकले उम्मेदवारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ ।

यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहोर्‍याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।

प्रकाशित : भाद्र ११, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?