यी हुन् कांग्रेसबाट फेरि समानुपातिकतर्फ सांसद बन्न नपाउने ११२ नेता [सूची]

कांग्रेसले आफ्नै विधानको व्यवस्था प्रभावकारी कार्यान्वयन गरे ०७४ मा समानुपातिकतर्फ निर्वाचित गृहमन्त्री बालकृष्ण खाँण, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र महिलामन्त्री उमा रेग्मीदेखि नेता सुजाता कोइरालासम्मले अब समानुपातिकबाट सांसद बन्न नपाउने भएका हुन् ।
प्रकाश धौलाकोटी

काठमाडौँ — आगामी निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेताहरू नै समानुपातिकतर्फबाट सांसद हुन नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन गरेको हो ।

यी हुन् कांग्रेसबाट फेरि समानुपातिकतर्फ सांसद बन्न नपाउने ११२ नेता [सूची]

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएका हुन् ।

कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो । विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

जसअनुसार वर्तमान सरकारका चार मन्त्रीसहित प्रभावशाली नेताहरू नै समानुपातिकबाट सांसद बन्न नपाउने भएका हुन् । कांग्रेसबाट ०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा निर्वाचित ४० जना नेताहरुले अब दोहोरिएर त्यही व्यवस्थामार्फत् निर्वाचित हुन पाउने छैनन् ।

त्यस्तै, प्रदेश १ मा १३ जना, मधेस प्रदेशमा ११ जना, वाग्मती प्रदेसमा १४ जना, गण्डकी प्रदेसमा ९ जना, लुम्बिनी प्रदेसमा १२ जना, कर्णाली प्रदेसमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी ७२ जना नेताले उसैगरी समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बन्न पाउने छैनन् ।

०७४ मा समानुपातिकबाट निर्वाचित बालकृष्ण खाँण अहिले गृहमन्त्री छन् । अब उनी दोहोरिएर समानुपातिकतर्फ सांसद बन्न पाउने छैनन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका दिलेन्द्रप्रसाद बडू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी र राज्यमन्त्री उमेश श्रेष्ठ पनि यसपटक समानुपातिकबाट सांसद बन्न पाउने छैनन् ।

त्यस्तै, हाल उपसभामुख रहेकी पुष्पा गौतमसमेत पुन: समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्न पाउने छैनन् । सहमहामन्त्री किशोर सिंह राठैर, प्रमुख सचेतक चित्रलेखा यादव, सचेतक मीन विश्वकर्मा र नेता सुजाता कोइराला पनि यसपटक समानुपातिकतर्फ सांसद बन्न पाउने छैनन् । यसपटक निर्माण व्यवसायी जिपछिरिङ लामादेखि व्यापारी विनोद चौधरीसम्मका लागि समेत कांग्रेसबाट समानुपातिक सांसद बन्ने ढोका बन्द भएको छ ।

०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ४० नेता

रगंमती शाही

पद्म नारायण चौधरी

मीना पाण्डे

डिला संग्रौला

पुष्पा भुषाल गौतम

सुजाता कोइराला

राम बहादुर बिष्ट

सुर्य वहादुर केसी

सत्यनारायण खनाल

किशोर सिंह राठैर

दिलेन्द्र प्रसाद वडू

बालकृष्ण खाँण

मिना सुब्बा

महेन्द्र कुमारी लिम्बु

प्रमिला राई

ज्ञानकुमारी छन्त्याल

दिव्यमणी राजभण्डारी

जीप छिरीगं लामा

लालकाजी गुरूगं

उमेश श्रेष्ठ

कर्मा घले

बहादुर सिंह लामा

हिरा गुरूगं

सर्वत आरा खानम

अतहर कमाल मुसलमान

मिनाक्षी झा

चित्र लेखा यादव

सीता देवी यादव

नागेन्द्र कुमार राय

स्मृति नारायण चौधरी

विनोद कुमार चौधरी

विमला नेपाली

लक्ष्मी परियार सेवा

सुजाता परियार

प्रकाश रसाइलि स्नेही

मिन बहादुर विश्वकर्मा

मान वहादुर विश्वकर्मा

नमिता कुमारी चौधरी

पार्वता डि.सि. चौधरी

उमा रेग्मी

प्रदेश १ मा १३ जना

शेखर चन्द्र थापा

चन्द्र प्रसाद श्रेष्ठ

ज्योती सुब्बा

लिला सुब्बा

लोक प्रसाद संग्रौला

सन्जा कुमारी दनुवार

विध्यानन्द् चौधरी

प्रताप प्रकाश हाङगाम

ओम सरावगी

कल्पना कुमारी सरदार

नवोदिता कुमारी चौधरी

विन्दीया कार्की

शान्ता पौडेल

मधेस प्रदेशमा ११ जना

सरस्वती चौधरी

नरेश कुमार यादव

ओम प्रकाश शर्मा

शिवचन्द्र चौधरी

श्याम परि देवी

आशिया देवी थरूनी

शेष रसीद अली

मंजु कुमारी यादव

गीता कुमारी यादव

शोभा कुमारी लामा

प्रमिला देवी दास

वाग्मती प्रदेसमा १४ जना

मिलन श्रेष्ठ

राजेन्द्र गुरुङ्ग

न्हुच्छे नारायण श्रेष्ठ

सन्त बहादुर प्रजा

राधा घले

जीवन डंगोल

कल्पना नेपाली

रजनी जोन्छे

राजाराम कार्की

बलराम पौडेल

भिमसेन खत्री

गिता वाग्ले

बिजुला वर्मा

विजया श्रेष्ठ केसी

गण्डकी प्रदेसमा ९ जना

दोवाटे विश्वकर्मा

कुमार खड्का

कोपीला बोहोरा

ओमकला गौतम

मणीभद्र शर्मा कंडेल

मन कुमारी गुरूगं

सरीता गुरुङ्ग

ललितकला गुरुङ्ग

मेखलाल श्रेष्ठ

लुम्बिनी प्रदेसमा १२ जना

भुवनेश्वर चौधरी

रमा अर्याल

निर्मला क्षेत्री

बलदेव शर्मा पेखरेल

अर्जुन कुमार श्रेष्ठ

पुष्पा थरूनी

मो.याकुव अन्सारी

शान्तिदेवी वर्मा सोनार

रून्धावती दुवे शर्मा

रिना नेपाल वि.क.

माला गोतामे सुनार

बिरवहादुर राना

कर्णाली प्रदेसमा ५ जना

अमृता शाही

हिम वहादुर शाही

यज्ञ बहादुर बीसी

दिनवन्धु श्रेष्ठ

झोवा वि.क.

सुदुरपश्चिम प्रदेसमा ८ जना

दीव्यश्वरी शाह

देवराज पाठक

गोविन्द वोहरा

अम्वि कुमारी थापा

कुमारी नन्दा बम

श्याम लाल राना

टेक वहादुर रैका

उमा वादी

प्रकाशित : भाद्र ११, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?