कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

भाद्र ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन् । 

'कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ,' संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।

कान्तिपुर

Link copied successfully