कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नेताहरूलाई के गरी मिलाउने भन्ने मेरो सबैभन्दा ठूलो चुनौती भयो : दाहाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने भन्ने चुनौती आफूलाई रहेको बताएका छन् । उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरूबीचको विवादले जनतामा नराम्रो सन्देश गइरहेको र त्यसलाई कसरी मिलाउने भन्ने सबैभन्दा ठूलो चुनौती रहेको बताए । 

नेताहरूलाई के गरी मिलाउने भन्ने मेरो सबैभन्दा ठूलो चुनौती भयो : दाहाल 

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार दाहालले एक तहका नेताहरूमा पार्टीको विचार, नीति, व्यवहार र नेतृत्वप्रति विश्वास धर्मराएको आफूले देखेको अध्यक्ष दाहालको भनाइ थियो । 'नेताहरूको एउटा पंक्तिमा विचार, व्यवहार, नीति, नेतृत्वप्रतिको विश्वास धर्मराएको देखिन्छ । नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्क उठ्ने सम्भावना छ,' दाहालले भने, 'मेरो चुनौती नेताहरूलाई के गरी मिलाउने भन्ने, आजको सबैभन्दा ठूलो चुनौती भएको छ । नेताहरूलाई मात्रै मिलाउन सक्ने र एकढिक्का भएर यो पार्टी नेतृत्वमा स्थपित गर्ने हो भने जनतामा दुःख छैन ।'

तराई-मधेसका नेताहरूमा विवाद रहेकाले स्थानीय तह निर्वाचनमा ५० ठाउँमा पराजित हुनुपरेको दाहालको भनाइ थियो । मधेसमा अरु पार्टीबाट माओवादीमा कार्यकर्ता र बुद्धिजीवी प्रवेश गरिरहँदा पार्टीका शीर्ष नेताहरू भने आपसमा लडाइ गरिरहेको भन्दै उनले असन्तुष्टि पोखे । 'तराई-मधेसमा यो बीचमा हजारौं कार्यकर्ता, बुद्धिजिवी पार्टीमा प्रवेश गरेका छन् । हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने र हराउने हो भन्ने तँछाड र मँछाड भएको छ । अनि नेताहरूको लागि छानबिन समिति बनाउनुपर्ने अवस्था आएको छ,' उनले भने ।

दाहालले विगतमा माओवादीमा रहेका र विभिन्न कम्युनिस्ट पार्टीमा रहेका नेता तथा समूह एकतामा आउन लागेको बताएका थिए । उनले दाबी गरे, 'पूर्वमाओवादी र कम्युनिस्ट घटकहरू आउने क्रम चलेको छ । कतिपय समूहगत एकता गर्ने कुरा भएको छ ।' आउने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्म एकताबद्ध भएर गयो भने वामपन्थी दलहरूमध्ये माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण २८, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?