कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चीन भ्रमण फलदायी : परराष्ट्रमन्त्री खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो तीनदिने चीन भ्रमण फलदायी भएको बताएका छन् । भ्रमण सकेर फर्कने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्ने क्रममा परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको  सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

चीन भ्रमण फलदायी : परराष्ट्रमन्त्री खड्का

उनले चीन भ्रमणका क्रममा बुधबार समकक्षी चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गरेका थिए । उक्त वार्तामा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने लगायत सहमति गरेको थियो ।

‘एक चीन नीतिप्रति नेपालको प्रतिबद्धतालाई लिएर चीनले विश्वास गरेको छ‚’ मन्त्री खड्काले भने‚ ‘चीनले नेपाललाई विकास निर्माणलगायतका आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।’

प्रकाशित : श्रावण २६, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?