१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : ज्ञवाली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो संसदलाई बिजनेस दिने विषय अनुचित भएको बताए । 

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : ज्ञवाली

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताए ।

'निर्वाचनको मिति घोषणापछि कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिन मिल्छ ?,' उनले भने, 'कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिने र त्यो बिजनेस, नयाँ विधेयक दिने अनि यहाँ उठेका प्रश्नहरूको जवाफ दिने र छलफल गर्न मिल्छ ?' नियमित सरकारले जसरी संसद् चलाउन नमिल्ने उनको धारणा थियो ।

लामो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र जबराविरुद्धको महाभियोग अगाडि नबढाएकोमा पनि ज्ञवालीले आपत्ति जनाए । त्यस्तो अभ्यासले नकरात्मक सन्देश जाने उनको भनाइ थियो ।

प्रकाशित : श्रावण २२, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?