नेसपाको अध्यक्षमा यादव र भट्टराई, सदस्य १ सय ८९ जना [नामावली]- समाचार - कान्तिपुर समाचार

नेसपाको अध्यक्षमा यादव र भट्टराई, सदस्य १ सय ८९ जना [नामावली]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर वरीयतामा भट्टराईलाई राखेको छ । १ सय ८९ सदस्यीय केन्द्रीय समितिमा गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरिएको छ ।

उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाइएको छ ।

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुविकरण र एकतासम्म गर्न सक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ ।

बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ । केन्द्रीय सदस्यहरूको नामावली :

१) डा. बाबुराम भट्टराई (अध्यक्ष)

२) महिन्द्र राय यादव (अध्यक्ष)

३) गंगानारायण श्रेष्ठ (सहध्यक्ष)

४) हिसिला यमि (उपाध्यक्ष)

५) भक्तबहादुर शाह (उपाध्यक्ष)

६) दुर्गा सोव (उपाध्यक्ष)

७) रमेश प्रसाद यादव (महासचिव)

८) अक्कल बहादुर थिङ

९) अब्दुल रहमान मुसलमान

१०) अस्मिता सिंह (मानुषी यमि भट्टराई)

११) अमृत कुमार पुरी

१२) मृत बहादुर आचार्य

१३) ईश्वर रिजाल

१४) उपेन्द्रलाल कामी

१५) उमाशंकर यादव

१६) उर्मिला पाण्डे

१७) उमेश साह

१८) एकबहादुर राना मगर

१९) एमपी रिजाल

२०) एसबी स्याङ्तान

२१) कर्णध्वज केसी

२२) कर्णसिंह रतोकी

२३) कमल प्रसाद खनाल

२४) किस्मत बिक (रामदाम)

२५) केशव राज अर्याल

२६) कैलाश बानियाँ

२७) कृति बहादुर भट्टराई

२८) कृष्ण प्रसाद शर्मा

२९) खुम्बराज खत्री

३०) गजाधर सुनार

३१) गजेन्द्र ठाकुर

३२) गोकर्ण बहादुर थापा क्षेत्री

३३) गोपालबाबु श्रेष्ठ

३४) गोविन्द प्रसाद चौधरी

३५) घमानसिं गुरुङ

३६) चित्र प्रसाद सापकोटा

३७) चिनक कुर्मी

३८) छन्द बहादुर पन्थी

३९) जनकराज शाह

४०) जीतमान पुन

४१) जेकेन्द्र कुमार श्रेष्ठ

४२) जेसिका तामाङ

४३) टीकाराम पौडेल

४४) टीकाराम रेग्मी

४५) टेकबहादुर बाठा मगर

४६) ढाकाराम गौतम

४७) तारादेवी शर्मा

४८) तेजबहादुर थापा

४९) तेजलाल कर्ण

५०) दलबहादुर लिम्बू

५१) दानबहादुर कुर्मी चौधरी

५२) दानबहादुर सहकारी

५३) दावा स्याङ्बो तामाङ

५४) दुर्गादेवी भट्टराई

५५) देवी बहादुर बुढाथोकी

५६) देवेन्द्र पाण्डेय

५७) देवेन्द्र थापा

५८) देवेन्द्र यादव

५९) धनबहादुर गुरुङ

६०) नहेन्द्र प्रधान

६१) नारायण प्रसाद खनाल

६२) नरेन्द्रनाथ योगी

६३) नारायणराज पाण्डे

६४) पवित्रा कुमारी तिमिल्सैना

६५) पंकज राई

६६) फणीन्द्र देवकोटा

६७) बन्दना श्रेष्ठ (सुवेदी)

६८) बालकृष्ण खनाल

६९) भक्तिप्रसाद आचार्य

७०) भरतराज दाहाल

७१) भीमबहादुर मल्ल

७२) भीमप्रसाद पराजुली

७३) भीमलाल तामाङ

७४) महम्मद कलाम अन्सारी

७५) महेन्द्र कुमार श्रेष्ठ

७६) महेन्द्र बहादुर शाही

७७) माधवराज गिरी

७८) मीनराज बडु

७९) मीनबहादुर दर्जी

८०) मुक्ति नारायण यादव

८१) मुहम्मद वकिल मुसलमान

८२) मोती प्रसाद पंगाली

८३) मोनिका सिंह (मिन्टु)

८४) मो. इजरायल अहमद

८५) यज्ञ प्रसाद पोखरेल

८६) रमेश पोखरेल

८७) राजदेव राम

८८) राजु नेपाल

८९) राजु थापा

९०) राजेन्द्र कुमार किराती

९१) राजेन्द्रप्रसाद देवकोटा

९२) राम रिझन यादव

९३) रामबहादुर बोहरा

९४) रामबाबु थापा

९५) रामकैलाश यादव

९६) रामकुमार पुरी

९७) रामबहादुर घले

९८) रिमबहादुर बस्येल

९९) रोशन पोखरेल

१००) रोहिणी प्रसाद पाण्डे

१०१) लालध्वज नेम्वाङ

१०२) विनोद कुमार गुरुङ

१०३) विमल गिरी

१०४) विष्णुप्रसाद आचार्य

१०५) वीरबहादुर तामाङ

१०६) वीरेन्द्र हरिजन

१०७) वेदप्रासद आचार्य

१०८) शम्भु बहादुर परियार

१०९) शरदमणी खरेल

११०) शिव सुन्दर शाही

१११) शिवशंकर यादव

११२) सन्जय पासवान

११३) सरुण बाठा मगर

११४) साधु यादव

११५) सिर्जना रिजाल नेपाल

११६) श्रीचन्द मुखिया

११७) श्रीजना सुवेदी

११८) सुदर्शन खतिवडा

११९) सुनिता काफ्ले

१२०) सुनिल खड्का

१२१) सुनिल बिक

१२२) सुभाष पाण्डे

१२३) सुरेन्द्र कुमार पटेल

१२४) सूर्यबहादुर राई

१२५) सूर्यनारायण मण्डल

१२६) सोनामसिं स्याङ्तान

१२७) सोमबहादुर थिङ

१२८) संजय कुमार साह

१२९) संजिव गुरुङ

१३०) हरिबहादुर श्रेष्ठ

१३१) हरि प्रसाद रिजाल

१३२) हरिशरआचार्य

१३३) हिक्मत बिश्वकर्मा

१३४) हेमबहादुर थापा (पराजुली)

१३५) होम कुमारी तामाङ (दोङ)

१३६) ज्ञानेन्द्र कुमाल

१३७) दीपक लामिछाने

१३८) विमला अर्याल

१३९) तारा दवाडी

१४०) सावित्री राई

१४१) प्रमिला यादव

१४२) तारा भण्डारी

१४३) सलमा खातुन मिकरानी

१४४) मीरा रानी

१४५) सुनिता देवी

१४६) नुरी मिकरानी

१४७) सुनिता देवी यादव

१४८) सवनम खातुन

१४९) बबिता देवी

१५०) फूलतारन कुमारी

१५१) रौसनी खातुन

१५२) सैरा बानु अन्सारी

१५३) सुशीला देवी यादव

१५४) सानी श्रेष्ठ

१५५) शोभा माझी

१५६) अनिता थिङ

१५७) आशा लामा

१५८) निकिता तामाङ

१५९) दिलमाया लामा

१६०) वसुन्धरा सापकोटा

१६१) न्हुछेशोभा तुलाधर

१६२) टीका कुमारी प्रज्ञा

१६३) मन्जु थापा मगर

१६४) देवी कुमारी क्षेत्री

१६५) दुर्गा गुरुङ

१६६) लक्ष्मी खाती परियार

१६७) नारायणी अधिकारी

१६८) धनमाया लामा

१६९) ईश्वरी थापा

१७०) ज्ञानीदेवी थापा मगर

१७१) पूर्णमाया वन्त

१७२) लक्ष्मी चौधरी

१७३) धनेश्वरी चौधरी

१७४) राधा थापा

१७५) रमा आचार्य

१७६) रेखा गुप्ता

१७७) मन्जू चौधरी

१७८) मीरा शाह

१७९) सरस्वती पाण्डे

१८०) मनिका जैसी

१८१) सत्यदेवी चापागाईं

१८२) कमला धामी

१८३) शारदा भट्टराई

१८४) ईन्दिरा बस्ताकोटी

१८५) विमला पुरी

१८६) सानू गुरुङ

१८७) सरिता ढकाल

१८८) मन्जु मिक

प्रकाशित : श्रावण २१, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्

छालामा सनस्क्रिन प्रयोग किन आवश्यक छ ? 

सनस्क्रिन क्रिमले घामको हानिकारक विकीरणबाट जोगाउन मद्दत गर्छ 
डा. प्रज्वल पुडासैनी

काठमाडौँ — सनस्क्रिन भनेको घामबाट बच्नको लागि प्रयोग गरिने क्रिम हो । घाममा विभिन्न हानिकारक विकरणहरु हुन्छन् । जस्तै ‘अल्ट्राभोइलेट ए’(युभिए), युभिबि आदि । युभिएले छालालाई कालो बनाउन सक्छ । जस्तै चर्को घाममा स्वीमिङ गर्दा छाला डढ्न सक्छ । यी विकीरणहरुले फोटो एजिङ गराउँछन् जसले अनुहारमा चाउरीपना आउने, कालो दाग बस्ने, छालालाई आफ्नो उमेरभन्दा वृद्ध उमेरको देखाउँछ ।

यी विकरणले छालाको क्यान्सर गराउने, एलर्जी हुने, बिबिरा, डाबर निकाल्ने, कालोपोतो निकाल्ने, सानो–सानो तिलकोठीहरु पनि बढाउन सक्छन् । यी सबैबाट बच्न सनस्क्रिनको आवश्यकता पर्दछ ।

घाममा हिँड्दामात्र सनस्क्रिनको प्रयोग गर्नुपर्छ भन्ने छैन । बादल लागेको बेला, पानी परेको बेला, बसभित्र यात्रा गर्दा, घरमै रहँदा पनि सनस्क्रिन लगाउनुपर्छ । घरभित्रबाट बस्दा पनि झ्यालबाट विकीरणहरु आउन सक्छन् । सनस्क्रिनको प्रयोग आफ्नो छालाको प्रकारअनुसार प्रयोग गर्नु उचित हुन्छ । यो मुख्यत: ३ खालको हुन्छ: क्रिम, जेल र लोसनमा । चिल्लो छालाका लागि जेलबेस्ड उपयुक्त हुन्छ भने सुख्खा छालाका लागि हामीले क्रिम लगाउन सुझाउँछौं । त्यसैगरी जसको चिल्लो र सुख्खा दुवै छैन र मिस्क प्रकारको छाला छ भने उनीहरुलाई लोसनबेस्ड सनस्क्रिन उपयुक्त हुन्छ ।

कति र कसरी लगाउने ?

सनस्क्रिनले लगाएकै कारणले पनि एलर्जी हुन सक्छन् त्यसैले आफ्नो छाला सुहाउँदो सनस्क्रिन लगाउन जरुरी छ । बजारमा विभिन्न किसिमका सनस्क्रिन पाइन्छन् ।सनस्क्रिन सबैभन्दा राम्रो मेडिकलबाट लिएको राम्रो । सनस्क्रिन रोज्दा एकदमै बास्नादार, रंगीचंगी प्याकेट भएको रोज्नुहुँदैन । औषधीय गुण भएको सनस्क्रिन रोज्नुपर्दछ ।

सनस्क्रिन लिँदा पनि कुन एसपिएफको लिने भन्नेमा पनि ध्यान दिनुपर्छ । एसपिएफ अर्थात ‘सन प्रोटेक्सन फ्याक्टर’ ।यो भनेको कति विकिरणहरु हाम्रो छालाबाट भित्र गएर असर गर्छ भन्ने मापन हो ।सनस्क्रिनले नराम्रो विकिरणलाई बचाउने काम गर्दछ । नेपाल तथा भारतमा प्राय गहुँगोरो छाला हुने भएकाले ३० एसपिएफको सनस्क्रिनले पुग्छ जसले लगभग ९७ प्रतिशत घामको विकिरणबाट बचाउँछ भनिन्छ । त्यसैगरी एकदम गोरो छाला, लुपस भएका र पोतोहरु आइराख्नेलाई ५० एसपिएफ उपयुक्त हुन्छ भनिन्छ । यसले ९८ प्रतिशत जति घामको विकिरणबाट बचाउँछ । अझ बजारमा त २०० एसपिएफसम्मका सनस्क्रिन पनि पाइन्छन् तर धेरै एसपिएफको सनस्क्रिन प्रयोग गर्दैमा घामको विकिरणबाट पुरै बचिने होइन। धेरै प्रयोग गर्ने भन्दा कसरी प्रयोग गर्नेमा यसको प्रभावकारिता देखिन्छ ।

सनस्क्रिन लगाउनुभन्दा पहिले आफ्नो छालमा एलर्जी हुन नदिन चेक गरेर मात्र लगाउनुपर्छ । हाम्रो कान पछाडी एकदम पातलो छाला हुन्छ त्यसमा थोरै लगाएर हेर्ने एलर्जी भएन भने त्यो छालालाई उपयुक्त हुन्छ । त्यसैगरी हत्केलाभन्दा माथिको भागको छालामा पनि परीक्षण गर्न सकिन्छ त्यसबाट पनि अन्दाज लगाउन सकिन्छ ।

सनस्क्रिन अनुहार र घाँटीमा ३ देखि ५ ग्राम अर्थात १ चिया चम्चा लगाए पुग्छ । साथै छाला एक्सपोज हुने भाग जस्तै हात तथा खुट्टामा पनि प्रयोग गर्ने । सनस्क्रिन दिनकाे एकपटक मात्र लगाएर पुग्दैन पटक पटक प्रयोग गर्नुपर्छ । सामान्यतया प्रत्येक २ घण्टामा सनस्क्रिन लगाउनुपर्छ नभए सनस्क्रिन दिनको ३ पटक लगाउन सल्लाह दिन्छौँ ९ बजे,१२ बजे र ३ बजे । यो समय सम्भव भएन भने दिनको दुईपटक प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन ‘फिजिकल’ र ‘केमिकल’ गरी दुई प्रकारको हुन्छ । धेरैजसो केमिकल सनस्क्रिनको प्रयोग भइरहेको हुन्छ । यो सनस्क्रिन लगाएको १५ मिनेट देखि आधाघण्टापछि मात्र घाममा जाने, स्वीमिङ गर्ने, चर्को घाममा हिँड्ने गर्दा राम्रो हुन्छ । किनकी यो सनस्क्रिन छालामा सोसिन समय लाग्छ । खेलाडीहरुले भने ‘फिजिकल’ सनस्क्रिनको प्रयोग गर्छन् । यो सनस्क्रिन छालामा लगाउनेबित्तिकै काम गरिहाल्छ । एकदम घाममा गइराख्नुपर्ने, पर्वतारोही, गर्भवती तथा बच्चाकोलागि यो सनस्क्रिन उपयुक्त हुन्छ । गर्भावस्थामा केमिकल सनस्क्रिनको प्रयोग गर्नुहुँदैन । २ वर्ष माथिका बच्चाहरुले पनि सनस्क्रिनको प्रयोग गर्न सक्छन् भनिन्छ तर सानो उमेरमा यसको आवश्यकता खासै पर्दैन ।

अर्को अहिले ‘कम्प्याक्ट फर्म’मा पनि सनस्क्रिनहरु आउन थालेका छन् जुन कम्प्याक्ट फाउन्डेसन जस्तो हुन्छ जसले कालोपोतोहरु लुकाउन सक्छ । सनस्क्रिन लगाएपछि मेकअप लगाउन मिल्छ भन्ने प्रश्न पनि धेरैले सोध्ने गरेका छन् । लगाउन मिल्छ तर केही समय मात्र छालाामा लगाउने र पखालिहाल्नुपर्छ ।

सनस्क्रिनको महत्व छ तर सबैले किन्न नसक्लान् र प्रयोग गर्न नसक्लान् । सकेसम्म छायाँमा रहेर काम गर्नुपर्छ । १० देखि ४ बजेको घाममा एकदमै विकिरण हुन्छ भनिन्छ । घामबाट बच्न ह्याट लगाउने, चस्मा लगाउने, कपडाले अनुहार तथा घाँटी छोप्न सकिन्छ। साथै छाता ओढेर हिँड्ने ,मास्क र टोपी लगाएर हिँड्न सकिन्छ ।

(डा पुडासैनीसँग बुनु थारुले गरेको कुराकानीमा आधारित)

प्रकाशित : श्रावण २१, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×