समाजवादी केन्द्र निर्माणबारे सिंहदरबारमा तीन दलीय छलफल

काठमाडौँ — समाजवादी केन्द्र निर्माणबारे सिंहदरबारमा तीन दलका नेताहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेताहरुको छलफल सुरु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा भइरहेको छलफलमा अध्यक्ष दाहालसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् । 

समाजवादी केन्द्र निर्माणबारे सिंहदरबारमा तीन दलीय छलफल

तीन दलीय छलफलअघि माओवादी केन्द्र अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नुपर्ने बताएका थिए ।

प्रकाशित : श्रावण ३, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?