१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दाहाल र भट्टराईबीच सिंहदरबारमा छलफल

नेपाल, खनाल र गौतम पनि जोडिँदै

काठमाडौँ — नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु गरेका छन ।

दाहाल र भट्टराईबीच सिंहदरबारमा छलफल

माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच छलफल शुरु भएको हो । सो छलफलमा दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरुले बताएका छन् । यसअघि दाहाल र भट्टराईबीच उप राष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो ।

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नु पर्ने बताएका थिए ।

प्रकाशित : श्रावण ३, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?