देउवालाई गगनको प्रश्न - गठबन्धन गर्दा पाँच वर्ष स्थिर सरकार दिन्छौं भन्ने ग्यारेन्टी के ?


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा गठबन्धनको लबिइङ गरिरहेका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनमा गठबन्धन गरेर जितेपछि सरकारको स्थिरताबारे प्रश्न गरेका छन् ।


‘आगामी निर्वाचनमा गठबन्धन गरौंला, जितौंला । तर, पाँच वर्ष तालमेल रहन्छ कि रहँदैन ? स्थिर सरकार र आशातीत परिणाम दिन्छौं भन्ने ग्यारेन्टी के हो ?,’ शनिबारको केन्द्रीय कार्यसमिति बैठकमा थापाले प्रश्न गरेका छन् ।
उनले हरेक मतदातालाई चुनाव गबठन्धन केका लागि गर्न खोजिएको हो भनेर जवाफ दिनुपर्ने, बुझाउनुपर्ने बताए ।
प्रकाशित : असार ३२, २०७९ २०:३५