कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेस नेतृत्वको सरकार छाडेर वाम एकता गर्न ओलीको आग्रह

'चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ?'

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

कांग्रेस नेतृत्वको सरकार छाडेर वाम एकता गर्न ओलीको आग्रह

कांग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका लागि ओलीलाई आग्रह गरेका थिए ।

त्यसको जवाफ दिँदै नेता ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै वामपन्थी दलहरूबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने सर्त अघि सारेका थिए ।

अध्यक्ष ओलीले कम्युनिस्ट नेतृत्वको सरकार ढालेर हिँड्नेहरू वामपन्थी हुनै नसक्ने जिकीर गर्दै एकताका लागि आफू भने तयार रहेको पटकपटक बताए ।

‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, अनि एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्दछु । चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर हिँड्ने अनि वामपन्थी पार्टी भनेर हुन्छ ? खै, वामपन्थी पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ भनेर अदालतमा धाउनेहरू वामपन्थी ? म आग्रह गर्न चाहन्छु–कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, गल्ती भइहाल्यो छोडिदिऊँ । एमालेसँग मिलेर कांग्रेस विरोधी होइन, देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिएर काम गर्ने सरकार बनाऔं,’ अध्यक्ष ओलीले भने ।

ओलीले नेपालको इतिहासमै सबैभन्दा बढी मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । २००७ सादेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियतामाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उनले त्यसयता वर्तमान कांग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘बनावटी कुराले राष्ट्रहितको संरक्षण र सम्वर्द्धन गर्न सकिँदैन । बनावटी कुरा गर्‍यो भने अहिलेको सरकारको हालत हुन्छ । असंलग्न भन्दै गर्‍यो, ढल्किन हुन्न भन्दै गर्‍यो, पूरै ढल्क्यो । अहिलेकै सरकारको हालत हुन्छ क्या । नेपालको विदेशी नीति २००७ देखि २०१२ सालसम्म धेरै तल गयो । त्यसपछि बढ्दै घट्दै आयो होला । सात सालपछि सम्झौता कस कसले गरे, केके गरे ? नेपाली कांग्रेसका नेताहरूलाई सम्झौताबारे थाहा पनि छैन होला ।’

प्रकाशित : असार ३२, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?