१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गठबन्धन निष्प्राण भइसक्यो, अझै बोकेर हिँडिरहे समाजमा हैजा फैलाउँछ: ओली 

काठमाडौँ — एमालेले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको यो सरकार निष्प्राण भइसकेकोले अब यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गरेका छन् । 

गठबन्धन निष्प्राण भइसक्यो, अझै बोकेर हिँडिरहे समाजमा हैजा फैलाउँछ: ओली 

सोमबार सम्पादकहरुसँगको अन्तर्क्रियामा बोल्दै उनले गठबन्धन समेत मृत भइसकेको उल्लेख गरे । 'यही सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार निष्प्राण भइसक्यो अब जति रह्यो त्यति समाजमा हैजा फैलाउँछ' उनले भने,'यो गठबन्धन मृत भइसक्यो । यस्तो गठबन्धन बोकेर हिँडेर काम लाग्दैन । अब सतीदेवीको जस्तो अंग झर्दै जान्छ । अस्ती एउटा अंग झर्‍यो । यसको अ‌ंग झरेको ठाँउमा कुनै पीठ बन्दैन । त्यसैले यो परमादेशी सरकारको कुनै अर्थ छैन ।'

प्रकाशित : असार २७, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?