२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सरकारले यस्तै गरिरहे मुलुक श्रीलंकाको अवस्थामा पुग्छ: ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले बजेटमा सेटिङ, हतियार खरिद लगायतका प्रक्रिया जस्ता पछिल्ला घटनाक्रमको उदाहरण दिंदै यस्तै अवस्था रहे मुलुक श्रीलंकाको स्थितिमा पुग्ने चेतावनी दिएका छन् ।

सरकारले यस्तै गरिरहे मुलुक श्रीलंकाको अवस्थामा पुग्छ: ओली

सोमबार सम्पादकहरुसँगको अन्तरक्रियमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले सरकारका कारकारबाही मुलुकलाई श्रीलंकाको अवस्थामा पुग्ने बाटोतर्फ केन्द्रित रहेको उल्लेख गरे ।

'व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ । अहिले हतियार खरिदका कुरा आएका छन् । अनधिकृत मान्छे ल्याएर अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी अवाञ्छित तत्व घुसाउने काम भयो' अध्यक्ष ओलीले भने,'हतियार खरिद प्रकरणमा चलाइएका र गरिएका कुराको पृष्ठभागबाट कसैको समर्थन छ । यो विषय सहज छैन । यसको प्रभाव कम्तीमा हामी श्रीलंकाको अवस्थामा पुगिन्छ वा अझ त्यो भन्दा पनि बढीमा पुगिन्छ । अहिले नै हामी सतर्क हुनुपर्छ ।'


प्रकाशित : असार २७, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?