संवैधानिक परिषद् विधेयक गलत छ, अविलम्ब फिर्ता हुनुपर्छ : महामन्त्री शर्मा

असार २७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उनले यस्तो विधेयक ल्याउने काम कसरी भयो र कसले सल्लाह दियो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

विधेयककको सर्वत्र विरोध भएपछि यसबारे ट्वीट गर्दै महामन्त्री शर्माले भनेका छन्– 'ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दु:खद छ l  प्रधानमन्त्री  शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ l'

— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 11, 2022

कांग्रेसकै अर्का महान्त्री गगन थापाले पनि सोमबार यसबारे चासो राख्दै विधेयक फिर्ता लिनुपर्ने बताएका थिए ।

कान्तिपुर

Link copied successfully