कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन एकैचरणमा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा गर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका हुन् । आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेट गर्दै मंसिर २ गते प्रदेश र संघको निर्वाचन गर्न मिति प्रस्ताव गरेको हो ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन एकैचरणमा

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले २०७९ साल मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्यौँ । कानुनबमोजिम निर्वाचन अवधि कायम राखेर आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सुझाव दियौँ,’ थपलियाले इकान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीज्यूले मंसिर २ मै नहुन सक्छ, तर निर्वाचन अवधि कायम राखेर निर्वाचनको मिति तोक्छौँ भन्नुभएको छ ।’

आयोगले निर्वाचनका लागि मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि लिने गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित : असार २२, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?