कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा : प्रवक्ता महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्रीका गतिविधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग प्रवक्ता महतले सरकारका मन्त्रीहरूका गतिविधि कानुनभन्दा बाहिर गएर हुन नमिल्ने बताए ।

मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा : प्रवक्ता महत

बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला प्रवक्ता महतले त्यसबारे सत्यतथ्य बुझेर प्रधानमन्त्रीले निर्णय लिनसक्ने बताए ।

‘हाम्रो पार्टीमा अहिले त्यसबारे छलफल भएको छैन । तर, सरकारमा जुनसुकै दलका मन्त्री किन नहुन् ? सम्बन्धित मन्त्रालयको जुन जिम्मेवारी छ, त्यहाँ कसरी काम गर्ने भन्ने कानुनको परिधि छ, त्यो परिधिभित्र रहेर काम गर्नुपर्छ । कसैले त्यो कानुनी घेरा नाघेको छ भने त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ, प्रधानमन्त्रीजीले पनि त्यो विषयलाई निगरानी गरिरहनुभएको छ,’ उनले भने ।

उनले बजेट निर्माणको विषयमा प्रधानमन्त्रीले सुक्ष्म निगरानी गरिरहनुभएको दाबी गरे । ‘सबै कुरा बोलेर समाधान हुँदैन, त्यस्तो मान्यता पनि राख्नुहुँदैन । कतिपय कुरा नेताहरूबीचको छलफल गरेर टुंग्याउनुपर्ने विषय पनि हुन्छन्,’ उनले भने, ‘अहिले सीसीटीभी फुटेजको कुरा आइरहेको छ, त्यो के विषय हो ? विस्तारै बाहिर आउँला । बिस्तारै यो विषयले पनि निकास पाउँछ ।’

प्रकाशित : असार २१, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?