कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नत्र प्रधानमन्त्रीले हटाउनु पर्छ : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । 

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नत्र प्रधानमन्त्रीले हटाउनु पर्छ : गगन थापा

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाले बताए । यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भन्दै नेता थापाले अर्थमन्त्रीले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेकोबारे प्रश्न उठेकोमा जवाफदेही बन्नु पर्ने उनको भनाइ थियो ।

सोही विषयमा यसअघि पनि विभिन्न नेता तथा स्वतन्त्र अधिकारकर्मीहरूले अर्थमन्त्रीको राजीनामा माग गरिसकेका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गरेको भन्दै उनको चौतर्फी विरोध भएको छ । सोमबार बसेको संसद्‍ बैठकमा पनि बजेट निर्माणका लागि अर्थमन्त्रालयमा प्रवेश गरेका व्यक्तिबारे छानबिन गर्न सीसीटीभी देखाउन पनि माग गरिएको थियो ।

नेता थापाले भने, ‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाछि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ । हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसद्‍ले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहिँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन । यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन ।'

प्रकाशित : असार २०, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?