कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री राईले कर्मचारीलाई सोधे- 'ई-लाइन्सेस वितरण गर्न किन ६ महिना ?'

काठमाडौँ — नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले ड्राइभिङ लाइसेन्स वितरणमा भइरहेको ढिलाइको विषयमा कर्मचारीहरूबाट जानकारी लिएका छन् । उक्त काममा किन ढिलाइ भएको भन्दै उनले प्रश्नसमेत गरेका छन्।

मन्त्री राईले कर्मचारीलाई सोधे- 'ई-लाइन्सेस वितरण गर्न किन ६ महिना ?'

मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रमपछि अधिकारीहरूलाई सम्बोधन गर्दै मन्त्री राईले पहुँच हुनेहरूले २४ घण्टामै ई-ड्राइभिङ लाइसेन्स पाउने गरेको तर सर्वसाधारणका लागि किन ६ महिना लाग्ने भन्दै प्रश्न गरेका थिए ।

'चिनेको छ भने २४ घण्टामा दिने र सार्वसाधारणका लागि किन ६ महिनादेखि १ वर्षसम्म लाग्छ ?' राईको प्रश्न थियो, 'ई-ड्राइभिङ लाइसेन्स विगतमा विवाद भएर अख्तियारमा थियो । म श्रममन्त्री हुँदा अख्तियारबाट निकाले प्रक्रिया थालेको हो । त्यसमा चिप्स छ तर त्यसको रिड कसले गर्ने ? नगर्ने भए बाँडेर फाइदा के ? ट्राफिकले लाइसेन्स हेर्छ कि रिन्यु पनि गर्छ ? किन हामी बाँडिरहेका छौं र ६ -६ महिना कुराइरहेका छौं ।'

नवनियुक्त मन्त्री राईले इम्बोस्ड नम्बर कार्यान्वयनमा देखिएको समस्या समाधानबारे दुई कार्यदलसमेत गठन गरेका छन् । उनले इम्बोस्ड नम्बर कार्यान्वयनको विषय विरोधाभाषपूर्ण रहेको पनि औंल्याएका थिए ।

प्रकाशित : असार २०, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?