कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संसद्‌ निरीह बन्यो : ओली

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसद्‌ले निरीहता भोगिरहेको बताएका छन् । उनले मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको र अशक्त अवस्थामा रहेको बताएका छन् । 

संसद्‌ निरीह बन्यो : ओली

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसद्‌ले आफ्नो वजनअनुसार चल्नुपर्ने सुझाव दिएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्‌लाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि सुझाव दिए । 'यस गरिमामय सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु; यो संसद् लहैलहैमा चल्न भएन । हामी जनप्रतिनिधि हौं; हामी जनप्रतिनिधिले लहैलहैमा कुदेर हुँदैन,' उनले भने, 'देशप्रति जिम्मेवार भएर सोच्न सक्नुपर्दछ । देश, जनताका हितको रक्षा गर्न सक्नुपर्छ । जनताका हितको रक्षा गर्दैनौं भने भत्ता मात्रै खाने ?'

ओलीले नेताहरूलाई जनताले गाली गर्न थालेको बताएका छन् । उनले संसद्‌का मूल्यमान्यता कुल्चिइँदा पनि हेरिरहनुपरेको बताए । 'जुन निरीहता आज संसद्‌ले भोगिरहेको छ; संसदका अगाडि यति खुलेआम मूल्यमान्यता, आचरणविपरीतका क्रियाकलाप हुँदा पनि गरिमामय संसद् अशक्त भएर हेरिरहेको छ ।'

मुलुकमा महँगी बढ्दा र जनतामा मारमा पर्दा पनि संसद्‌ले काम गर्न नसकेको ओलीको भनाइ थियो ।

त्यस्तै, मुलुकमा आयातको प्रभावकारी अनुगमन हुन छाडेको ओलीले बताए । 'आयात व्यापारको प्रभावकारी नियमन अभाव छ । निकासी हुने वस्तुको सीमितता छ । गुणस्तर मापन र क्वारेन्टाइनसम्बन्धी पूर्वाधार छँदै छैन,' उनले भने, 'अब त सिमानामा खाद्यवस्तुमा गुणस्तरको परीक्षण गरेर भित्र्याउने कुरालाई हटाउने; तुरुन्तै हटाउने प्रयास हुँदैछ ।' उनले आयात व्यवस्थापन र निर्यात प्रबर्द्धन नीति कमजोर बन्दै गएको पनि बताए । यस्तो अवस्था आउँदा पनि सरकारले कुनै कदम नचालेको उनको भनाइ थियो ।

राज्यका सबै अंगमा सरकारले हमला गरेको ओलीको आरोप थियो । स्वेच्छाचारिता बढेको पनि उनको भनाइ थियो ।

प्रकाशित : असार २०, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?