एमालेले देशभर प्रशिक्षण दिने, सात उपाध्यक्षलाई जिम्मेवारी- समाचार - कान्तिपुर समाचार

एमालेले देशभर प्रशिक्षण दिने, सात उपाध्यक्षलाई जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — आम निर्वाचनअघि नै नेकपा एमालेले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार भएको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कार्यक्रम संयोजनका लागि सात जना उपाध्यक्षलाई खटाउने निर्णय गरेको छ । 

'वैचारिक तथा राजनीतिक प्रशिक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं । त्यसका लागि पार्टीको सात उपाध्यक्षलाई जिम्मेवारी तोकेका छौं,' प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।

एमालेले प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, वाग्मती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य,

लुम्बिनी प्रदेशमा सुवास नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीले संयोजन गर्ने निर्णय भएको छ ।

प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक प्रशिक्षण, निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिहरुलाई काममा सहजीकरणको विषय, महँगीलगायत विषयमा संगठनहरुको परिचालन, प्राकृतिक विपतमा पार्टीको स्वयंसेवी संस्थाहरुलाई तयारी अवस्थामा राख्ने, अनुशासन र लेखालगायत विषयमा पनि प्रशिक्षण दिने एमालेले निर्णय गरेको छ ।

प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला हुनेछ । 'केन्द्रमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर उनीहरुलाई पठाइने छ,' गुरुङले भने, 'प्रदेशमा पनि त्यस्तै प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।'

प्रकाशित : असार १९, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

अर्थ मन्त्रालयले भन्यो- बजेटका बेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्दै पन्छिएको छ । 

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पाैडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न निवेदन दिएका थिए । सो निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले भनेको छ ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमश: मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’ अनुसन्धानका लागि सीसीटीभीबाट खिचिएका यस्ता दृष्य ३ महिनासम्म सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिमा व्यवस्था गरिएको छ ।


प्रकाशित : असार १९, २०७९ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×