कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्कँदै

काठमाडौँ — लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् ।

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्कँदै

परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा पहिलो चरणमा २८१ विद्यार्थी मंगलबार आफ्नो अध्ययन पूरा गर्नको लागि जान लागेका हुन् ।

कोभिड–१९ महामारीका कारण नेपाली विद्यार्थीहरू चीनबाट फर्केक थिए । त्यसपछि चिनियाँ सरकारले कोभिड–१९ संक्रमणलाई लिएर कडा रणनीति अपनाएपछि नेपाली विद्यार्थी अलपत्र परेका थिए ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले कूटनीति प्रक्रियामार्फत ८५० नेपाली विद्यार्थीको सूची चिनियाँ दूतावासलाई पठाएको बताइन् । ‘त्यसमा उनीहरूले पहिलो चरणमा २८१ जना लान तयार भएको हो,’ उनले भनिन्,‘त्यसपछि क्रमिक रुपमा नेपाली विद्यार्थीहरुलाई चीनमा फर्काइने छ ।’

प्रकाशित : असार १९, २०७९ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?