कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न - 'गोलाकारभित्र घण्टी'

काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न - 'गोलाकारभित्र घण्टी'

दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न 'गोलाकारभित्र घण्टी' दिइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १८७ पुगेको छ ।

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच 'राष्ट्रिय स्वतन्त्र पार्टी' को घोषणा गरेका थिए ।

उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा 'राइट टु रिकल'को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।

प्रकाशित : असार १७, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×