२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कानुनी शिक्षा नै कानुनी शासनको आधार हो : राष्ट्रपति भण्डारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि मुख्य आधार भएको बताएकी छन् । उनले मुलुकमा मानव अधिकारको कार्यान्वयन, कानुन शासनको पालना र राज्यशक्तिलाई जनताको हितमा लगाउने संविधानको भावना कार्यान्वयनमा समेत कानुनी शिक्षाले भूमिका खेल्ने भएकाले कानुनी शिक्षालाई जोड दिनुपर्ने बताइन् ।

कानुनी शिक्षा नै कानुनी शासनको आधार हो : राष्ट्रपति भण्डारी

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूले संविधान र कानुनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्नुपर्ने बताइन् ।

सो अवसरमा नेपाल ल क्याम्पस स्वर्ण सम्मानबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्राध्यापक डा. सूर्य सुवेदीलाई सम्मान गरिएको छ । नेम्वाङ र सुवेदीलाई राष्ट्रपति भण्डारीले सम्मान प्रदान गरेकी थिइन् । नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै क्याम्पसले नेम्वाङलाई सम्मान गरेको हो ।उनी नेपाल ल क्याम्पसका पूर्वविद्यार्थी र प्राध्यापक पनि हुन् ।

त्यस्तै, सूवेदीलाई नेपालको जनमत संग्रहका बेला भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको ख्याति र गौरव बढाएको भन्दै सम्मान गरेको छ ।

प्रकाशित : असार १७, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?