१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अमेरिकी राष्ट्रपति बाइडेन र राजदूत खत्रीबीच भेट

नेपालमा एसपीसीको विषय बाहिर आउनुअघि नै उनीहरूबीच भेटवार्ता भएको थियो

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० गते भेट भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेन र राजदूत खत्रीबीच भेट

राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता नभएपछि राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता गर्नका लागि ह्वाइट हाउसमा बोलाएका हुन् ।

यस अवसरमा राजदूत खत्री पनि गएका थिए । भेट सामान्य भएको कारणले गर्दा दूतावासले यसबारे बाहिर जानकारी नल्याएको जनाएको छ । छोटो भेटवार्तामा राष्ट्रपति बाइडेनले नेपालको विषयमा चासो राखेको राजदूत खत्रीले कान्तिपुरलाई बताए । ‘राष्ट्रपतिज्यूले नेपाल र नेपाली आफूलाई मन पर्ने बताउनु भएको थियो,’ राजदूत खत्रीले भने,‘साथै, त्यस अवसरमा दुई मुलुकबीचको द्धीपक्षीय हितको सम्बन्धमा पनि कुराकानी भएको थियो ।'

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असार अन्त्य वा साउनको पहिलो साता हुने भनिए पनि सरकारले औपचारिक रुपमा निर्णय गरिसकेको छैन ।

राजदूत खत्रीले बाइडेनलाई भेट्दा नेपालमा अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को सम्बन्धमा नेपालमा कुनै पनि चर्चा भएको थिएन । उक्त भेटपछि मात्र एसपीपीलाई लिएर नेपालमा विवाद भयो । नेपाल सरकारले त्यसलाई अस्वीकार गर्ने निर्णय पनि गरिसकेको छ ।

प्रकाशित : असार ११, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?