देउवालाई एकीकृत समाजवादीको चेतावनी : हाम्रो निर्णयको कदर गर्नू

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्‍ पुनर्गठनमा ढिलाइ नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता जगन्नाथ खतिवडाले तत्काल पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । 

देउवालाई एकीकृत समाजवादीको चेतावनी : हाम्रो निर्णयको कदर गर्नू

'मन्त्रिमण्डलमा प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं अब पर्खिने छैनौं । तत्काल हाम्रो काम पूरा गर्नुहोस् । नयाँ मन्त्रीलाई शपथग्रहण गराउने काममा लाग्नुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्,' खतिवडाले भने, 'अब पनि ढिलो भयो भने अपमानको रुपमा सम्झिने छौं । प्रतिरोध गर्नु पर्दैन । हेलचेक्र्याइँ गर्दा वा खेल्न खोज्दा हामीलाई अफ्ठ्यारोमा पार्ने वा लज्जित गर्न खोजेको देखिएको छ ।'

उनले मन्त्रिपरिषद्‍ हेरफेरको विषयमा अपमान गर्न खोजेको अनुभूति भएको पनि बताएका थिए । 'अब ढिलाइ नगर्नुहोस् मात्रै भनेका छौं । ढिलो भयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला' प्रवक्ता खतिवडाले भने ।

प्रकाशित : असार ११, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?