भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

असार ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव जिम्मेवारी सम्हाल्न शनिबार काठमाडौं आइपुगेका छन् । विनय मोहन क्वात्रालाई भारतीय विदेश सचिवमा नियुक्त गरेपछि त्यस पद खाली थियो । श्रीवास्तव करियर कूटनीतिज्ञ हुन् । 

काठमाडौं आउनुअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया, मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए । 

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरे । साथै उनले वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully