कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

काठमाडौँ — नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव जिम्मेवारी सम्हाल्न शनिबार काठमाडौं आइपुगेका छन् । विनय मोहन क्वात्रालाई भारतीय विदेश सचिवमा नियुक्त गरेपछि त्यस पद खाली थियो । श्रीवास्तव करियर कूटनीतिज्ञ हुन् । 

भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

काठमाडौं आउनुअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया, मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरे । साथै उनले वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरिसकेका छन् ।

प्रकाशित : असार ११, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?