बेलकोटगढी नगरको ९८ करोड र पञ्चकन्या गाउँपालिकाको ४५ करोड बजेट

कृष्ण थापा

नुवाकोट — बेलकोटगढी नगरपालिकाले ९८ करोड रुपैयाँको बजेट शुक्रबार सार्वजनिक गरेको छ । बेलकोटगढीले कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई बजेटमा जोड दिएको छ । नगरपालिकाका उपप्रमुख शिव दाहालले आर्थिक वर्ष २०७९/०८० को लागि ९७ करोड ९६ लाख ६० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

बेलकोटगढी नगरको ९८ करोड र पञ्चकन्या गाउँपालिकाको ४५ करोड बजेट

नगरले कर्मचारी प्रोत्साहन भत्ता, स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको ४ सय भत्ता बढाएर ८ सय रुपैयाँ दिने व्यवस्थासमेत बजेटमा गरेको छ ।

त्यसैगरी, पञ्चकन्या गाउँपालिकाको १२ औं गाउँसभाले शुक्रबार आब ०७९/८० को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष विमला केसीले ४५ करोड ६६ लाख ६९ हजार ७ सय ३८ रुपैयाँको बजेट ल्याएको छ । बजेट बाँडफाँट र नीतिगत छलफल गरी शनिबार बजेट पास गर्ने गाउँपालिकाले जनाएको छ । बजेटले कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित : असार १०, २०७९ २२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?