प्रधानसेनापति शर्मा लेबनान प्रस्थान

काठमाडौँ — प्रधानसेनापति शर्मा प्रभुराम शर्मा शनिबार लेबनान प्रस्थान गरेका छन् । प्रधानसेनापतिको नेतृत्वमा रक्षा सचिवसहित ७ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न संयुक्त राष्ट्र संघ (यूएन) मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाकाबारेमा जानकारी हासिल गर्ने उद्देश्यका त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ ।

शर्माले असार १० गते सम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवानमा रहेको युनिफिल मिसन र सिरियामा रहेको यूएनडफ
मिसनको निरीक्षण भ्रमण गर्ने छन् । उनले उक्त मिसनहरूको वस्तुस्थिति,अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
भ्रमणका प्रधान सेनापति महारथी शर्माले लेवनान र सिरिया का मिसनका उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ । शर्माले त्यसपछि असार १३ मा त्यतैबाट अमेरिका भ्रमणमा निस्कने छन् । उनी त्यहाँ १७ गतेसम्म रहने छन् । अमेरिका भ्रमणमा ५ सदस्यीय टोली रहने छन् । त्यसपछि उनी असार १९ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।
प्रकाशित : असार ४, २०७९ ११:४८