एसपीपीको 'च्याप्टर क्लोज' भयो अब नखोतलौं: परराष्ट्रमन्त्री खड्का

असार ३, २०७९

जयसिंह महरा

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब यसलाई नखोतल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको अन्तराष्ट्रिय समितिमा शु्क्रबार एसपीपीबारे स्प‍ष्टीकरण दिँदै यो सम्झौता अघि नबढ्ने बताए ।

'हामी सबैले एक या अनेक तरिकाले खाेतल्नु आवश्यक छैन । याे नगर्ने भनेपछि च्याप्टर क्लाेज भइसकेको छ । प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौ भनेपछि थप खाेतल्न काेट्याउन हुन्न' उनले भने ।  समितिमा  प्रधानसेनापति प्रभुराम शर्मालाई पनि बोलाइएको छ । उनीहरुले सांसदहरुका प्रश्नको जवाफ दिइरहेका छन् । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully