एसपीपीमा अनुबन्धका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक

असार २, २०७९

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले बुधबारमात्र विज्ञप्ति जारी 'एसपीपी' सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको' बताएको थियो ।तर बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।

सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख गरिएको छ । 

उनले एसपीपीमा सहभागिताका लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ । कान्तिपुरलाई उच्च सुरक्षा स्रोतबाट प्राप्त पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरूबीच सहकार्य गर्नेबारेमा उल्लेख छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उक्त पत्राचार भएको हो ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully