कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री अमेरिका जाने सुनिश्चित भएको छैन : गृहमन्त्री खाँण

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित नभएको बताएका छन् । प्रधिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराइनुपर्ने प्रश्न उठेपछि प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले अहिलेसम्म प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित नभएको बताए ।

प्रधानमन्त्री अमेरिका जाने सुनिश्चित भएको छैन : गृहमन्त्री खाँण

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषय अहिलेसम्म सुनिश्चित भएको छैन,’ उनले भने, ‘विभिन्न देशको निमन्त्रणामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सरकारका पदाधिकारीहरू भ्रमणमा जाने कुरा स्वभाविक नै हो । उहाँको भ्रमण सुनिश्चित भएपछि संसद्लाई त्यसबारे जानकारी हुने नै छ ।’

प्रकाशित : असार २, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?